global ime bank Long Banner Ad

गृहपृष्ठ न्यूनतम पारिश्रमिक नपाएको भन्दै घोराही सिमेन्ट उद्योगका श्रमिक आन्दोलित

न्यूनतम पारिश्रमिक नपाएको भन्दै घोराही सिमेन्ट उद्योगका श्रमिक आन्दोलित

न्यूनतम पारिश्रमिक नपाएको भन्दै घोराही सिमेन्ट उद्योगका श्रमिक आन्दोलित

घोराही सिमेन्ट उद्योगमा कार्यरत स्थानीय श्रमिकहरु आन्दोलित भएका छन् । मुख्य रोजगारदाता कम्पनी घोराही सिमेन्ट उद्योग र श्रमिक सप्लायर्स कम्पनीको मिलेमतोमा सरकारले ताकेको न्यूनतम पारिश्रमिकमा ठगि भएको भन्दै शनिवार उद्योग अगाडि प्रदर्शन गरेका हुन् ।

सयौंको सख्यामा उपस्थित स्थानीयले सरकारले ६६८ रुपैयाँ न्युनतम पारिश्रमिक तोकेपनि उद्योगले बिचमा श्रमिक सप्लायर्स कम्पनी बिचौलिया खडा गरि वर्षै देखि प्रतिब्यक्ति प्रतिदिन २०० रुपैयाँसम्म ठगि गरेको उनीहरुले दावी गरेका छन् ।

श्रमिक सप्लायर्स कम्पनीले बैंक खातामा तलब नदिइ हाल प्रति दिन ५०० को दरले मात्र दिने गरेको तर मुख्य रोजगारदाता कम्पनी घोराही सिमेन्ट उद्योगबाट सप्लायर्स कम्पनीले १० प्रतिशत कमीसन सहित पैसा बुझ्ने गरेको र आफुहरुलाई न्युनतम पारिश्रमिक समेत नदिने गरेको बिल सहित श्रम मन्त्रालयमा २ महिना देखि उजुरी दिदा समेत हालसम्म कार्वाही नगरेको श्रमिकले कार्यक्रम गुनासो गरेका छन् ।

आन्दोलनमा एकेबद्धता जनाउदै राष्ट्रिय स्वतन्त्र पार्टीका विकास योजना तथा नीति तर्जुमा केन्द्रीय विभागका सचिव विशाल अधिकारीले विगत १० वर्षमा स्थानीय श्रमिकको पसिनामा २५ करोड बढी ठगि गरेको तथ्याकं प्राप्त भएको भन्दै श्रम मन्त्रालयले र विभागले टुलुटुलु हेरेर बस्न नमिल्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । “श्रमिकको पसिनामा १० वर्षमा २५ करोड बढी ठगि भएको तथ्याकं देखियो”, उनले भने “ दुई महिना सम्म पनि एक्सन लिन नसक्ने मन्त्रालयको काम छैन, श्रमिकको पक्षमा काम गर्न नसक्ने हो भने कुर्सीमा बस्नुको औचित्य पनि हुदैन, मन्त्रीले राजीनामा दिदा हुन्छ ।”

घोराही सिमेन्ट उद्योग पीडित संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष मधुसुधन घिमिरेले वडा कार्यालयमा बोलाएर छलफल गराउदा समेत श्रमिक सप्लायर्स कम्पनीले न्युनतम पारिश्रमिक दिन तयार नभएको जानकारी दिए । वडा अध्यक्ष घिमिरेले यस्तै रवैया रहे उद्योग सदैको लागि बन्द गराउने चेतावनी पनि दिएका छन् ।

उद्योग भित्र ज्यान जोखिमका राखेर सेफ्टी इकुप्मेन्ट बिनै काम गर्दा समेत श्रम ऐनले सुनिश्चित गरेको स्वास्थ बिमा, सामाजिक सुरक्षा कोष, चाडपर्व भत्ता कुनै पनि नपाएको आन्दोलनरत श्रमिकहरुको भनाई रहेको छ ।

कार्यक्रममा सहभागी स्थानियले उद्योगले वातावरण प्रदुषणका मापदण्ड पुरा नगरेकाले वायुप्रदुषणले स्थानीयबासीको स्वास्थ्यमा उच्च जोखिम पुराएकोमा समेत चिन्ता ब्यक्त गरेका छन् ।

प्रदर्शनमा खान नपुग्ने तलब चाहिन्न, श्रमिक ठग्न पाइन्न ,ठगी धन्दा अति भो, सरकार कहाँ छ ?, १२ घन्टा काम, ८ घन्टाको दाम ,नगद पैसामा होइन, बैंक खातामा तलब दे सामाजिक सुरक्षा कोष, कुन चराको नाम हो ?, श्रमिकको हालसम्म ठगेको न्युनतम पारिश्रमिक फिर्ता गर, बस्ती बिचमा उद्योग भएन सरकारको ध्यान किन गएन? जस्ता नाराहरु लेखेका प्लेकार्ड बोकि प्रदर्शन गरेका छन्।

प्रकाशित समय : १५:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु