गृहपृष्ठ हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नेतृत्व परिवर्तन
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नेतृत्व परिवर्तन
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संचालक समिती र बिजय बहादुर शाहबीच आपसी सहमति अनुसार २०८१ आषाढ १२ गतेको संचालक समितिको निर्णयले २०८१ आषाढ १३ देखि लागू हुने गरी बिजय बहादुर शाह कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदबाट पदमुक्त भएको छ । कम्पनीे गैर–जीवन बीमा उद्योगको ईतिहासमै पहिलो पटक मर्जर गराउन सफल भएको र उनको योगदानहरूप्रति सधै आभारी रहने कम्पनीले सूचनामा उल्लेख गरेको छ ।
साथै उनको स्थानमा नायव प्रमूख कार्यकारी अधिकृत श्रीमती अञ्जु श्रेष्ठज्यूले अर्को व्यवस्था नभए सम्मको लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने जानकारी गराएको छ ।
प्रकाशित समय : १८:५३ बजे



















