global ime bank Long Banner Ad

गृहपृष्ठ कार्णाली प्रदेशमा निक्षेप ५.४२ प्रतिशतले बढ्दा कर्जा प्रवाह २०.५० प्रतिशतले घट्यो

कार्णाली प्रदेशमा निक्षेप ५.४२ प्रतिशतले बढ्दा कर्जा प्रवाह २०.५० प्रतिशतले घट्यो

कार्णाली प्रदेशमा निक्षेप ५.४२ प्रतिशतले बढ्दा कर्जा प्रवाह २०.५० प्रतिशतले घट्यो

चालु आर्थिक वर्षको पुस मसान्तसम्म कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेप बढेको छ भने कर्जाको माग घटेको छ ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा निक्षेप ५.४२ प्रतिशतले बढेर ६५ अर्ब ९८ करोड ४७ लाख पुगेको छ ।

गत आवको सोही अवधिमा निक्षेप २७.३० प्रतिशतले वृद्धि भई ६२ अर्ब ५९ करोड २४ लाख पुगेको थियो । यो अवधिमा कर्णाली प्रदेशमा बढेको रेमिट्यान्स आप्रवाह, बैङ्किङ सेवामा आएको विस्तार तथा सर्वसाधारणको बचत गर्ने बानीमा आएको विकासले निक्षेपमा वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

यो अवधिमा कर्णाली प्रदेशमा प्रवाह भएको कुल कर्जा २०.५० प्रतिशतले कमी आई ४७ अर्ब ३० करोड ५७ लाख कायम भएको छ । गत आवको सोही अवधिमा कर्जा प्रवाह ६.७२ प्रतिशतले बढेर ५९ अर्ब ५० करोड १३ लाख पुगेको थियो ।

यो अवधिमा प्रदेशको कर्जा तथा निक्षेप अनुपात ७१.६९ प्रतिशत रहेको छ । उक्त अनुपात गत आवको सोही अवधिमा ९५.०६ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार यो अवधिमा कर्णाली प्रदेशमा संकलित निक्षेप तथा प्रवाहित कर्जाको विश्लेषण गर्दा सुर्खेत जिल्ला सबैभन्दा अगाडि रहेको छ । यो जिल्लामा ३० अर्ब ६१ करोड ५४ लाख निक्षेप संकलन भएको छ ।

सोही अवधिमा २७ अर्ब २३ करोड ४४ लाख कर्जा प्रवाहित भएको छ । त्यस्तै सबैभन्दा कम निक्षेप संकलन डोल्पा जिल्लामा ५० करोड ९३ लाख भएको छ भने मुगु जिल्लामा सबैभन्दा कम २ अर्ब ८ लाख कर्जा प्रवाह भएको छ ।

प्रकाशित समय : १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु