global ime bank Long Banner Ad

गृहपृष्ठ चिकित्सा आयोगद्वारा शिक्षाको शुल्क निर्धारण

चिकित्सा आयोगद्वारा शिक्षाको शुल्क निर्धारण

चिकित्सा आयोगद्वारा शिक्षाको शुल्क निर्धारण

राष्ट्रिय चिकित्सा आयोगले सूचना जारी गरी चिकित्सा शिक्षाको शुल्क निर्धारण गरिएको जनाएको छ ।

शैक्षिक सत्र २०८१/०८२ का लागि आयोगले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह, स्नातकोत्तर र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरेको हो ।

आयोगका उपसचिव टिमाराम शर्माले स्नातक तहतर्फको कार्यक्रममा एमबीबीएसको उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० र उपत्यका बाहिर ४५ लाख ९५ हजार ७२० शुल्क तोकिएको बताए ।

त्यस्तै, बीडीएसमा २० लाख ९२ हजार २९०, बीएस्सी नर्सिङमा १० लाख ३६ हजार शुल्क तोकिएको छ । यसैगरी, बीएस्सी एमआइटी, बीपीटी, बी. मेडिकल माइक्रोलोजी र बी. बायोकेमेस्ट्री, बीपीएच, बीफार्मेसी, विपर टेक, बीएएसएलपी लगायतको शुल्क सात लाख ७७ हजार तोकिएको छ ।

स्नातकोत्तर तहतर्फ एमएस्सी मेडिकल माइक्रोबायोलोजी र एमएस्सी मेडिकल बायोकेमेस्ट्री, एमएस्सी एमआईटी, एमएस्सी एमएलटीको सात लाख ५७ हजार ८३० तोकिएको छ ।

प्रकाशित समय : १८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु