काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

रामबहादुर बमजन बाल यौन दुरुपयोगमा दोषी ठहर

4.43K
shares

सर्लाही जिल्ला अदालतले आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बमजनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको छ । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

उनको हकमा सजाय भने पछि निर्धारण गरिनेछ ।  बमजनले सर्लाही र सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा आश्रम खडा गर्ने, जबरजस्ती करणी गर्ने, व्यक्ति बेपत्ता पर्ने कार्य गरेको आरोप लागेको थियो । उक्त आरोपमा विभिन्न जिल्लामा जाहेरी समेत परेको थियो । प्रहरीले खोजी गर्न थालेपछि उनी लामो समय बेपत्ता रहेका थिए ।

उनलाई सुरुमा सर्लाही जिल्ला अदालतमा पेस गरिएको थियो । सर्लाही जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । सर्लाहीको मुद्दाको फैसला भएसँगै उनलाई सिन्धुपाल्चोक, नुवाकोट र मकवानपुर जिल्ला अदालत पेस गरिने छ ।