काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सत्ता समीकरणमा कुनै समस्या छैन- प्रधानमन्त्री

2.37K
shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन् ।

सोमबार बिहान चितवन पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पोखेको असन्तुष्टि वास्तविक नभएको बताउदै सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका हुन् ।

उनले भने- ‘विरोध जस्तो मात्रै गर्नुभएको छ। साँच्चै गर्नुभएको छैन। उथलपुथल गर्ने बेला भएको छैन। यो जान्छ। राम्रैसँग जान्छ। बाहिर कतिपय सन्दर्भमा आउने र्‍युमरहरूमा सत्यता छैन ।

रास्वपाका नेताहरूले राजीनामा गोजीमा राखेर हिँडेको भन्नेबारे पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले गोजीमा राजीनामापत्र बोक्नु रास्वपाको पहिचान नै भएको बताएका छन् ।

उनले भने-‘त्यो त रविजीले सुरूमै भन्नुहुन्थ्यो नी, हामी त्यस्ता हौं भनेर। त्यो चाहीँ अब आफ्नो पहिचानको निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला । तर मैले बुझेकोमा त्यस्तो केही पनि छैन ।’

गत जेठ १५ गते सदनमा पेश भएको आगामी आर्थिक वर्ष ०८१/८२ को विनियोजित बजेटलाई लिएर एमाले अध्यक्ष ओलीले असन्तुष्टि व्यक्त गर्दै आफ्ना सांसदहरुलाई खुलेर छलफल गर्न निर्देशन दिएका थिए । त्यस्तै रास्वपाका मन्त्रीहरुले राजीनामा बोकेर हिडेको अभिव्यक्ति दिदै सत्ता सहकार्यको समिक्षा गर्ने बेला भएको बताएका थिए । त्यस्तै एकीकृत समाजवादीले पनि सार्वजनिक रुपमा नै सरकारको आलोचना गरिरहेका छ । बजेटको विषयमा स्वयं माओवादी भित्र पनि असन्तुष्टि रहेको छ ।