global ime bank Long Banner Ad

गृहपृष्ठ ‘पेडियाट्रिक युरोलोजी’ विषयको जटिल शल्यक्रिया सम्पन्न

‘पेडियाट्रिक युरोलोजी’ विषयको जटिल शल्यक्रिया सम्पन्न

‘पेडियाट्रिक युरोलोजी’ विषयको जटिल शल्यक्रिया सम्पन्न

पेडियाट्रिक युरोलोजी’ विषयको जटिल र दुलर्भ शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । इशान बाल तथा महिला अस्पतालमा ११ वर्षे बालिका तृसना थापाको पिसाब थैली, मूत्रनली तथा मिर्गौलासम्बन्धी जटिल समस्याको एकै पटकमा चार किसिमका शल्यक्रिया गरिएको हो ।

यही जेठ १० गते भएको उक्त शल्यक्रियामा सानो आन्द्राबाट पिसाबको थैली ठूलो बनाएको र दुईवटै नलीमा पिसाब नफर्कने शल्यक्रिया गरी पिसाब थैलीको तल्लो प्वाल बन्द गरेर एपेन्डिक्सलाई प्रयोग गरी पिसाब निकाल्ने कृत्रिम नली बनाउने शल्यक्रिया गरिएको थियो ।

यस अस्पतालका प्राडा रामनन्दनप्रसाद चौधरी र उनको समूह उक्त शल्यक्रियामा सहभागी थिए । “पेडियाट्रिक युरोलोजी विषयको दुर्लभ जन्मजात मूत्रथैली नबनेको रोग समस्याको जटिल तथा दुर्लभ शल्यक्रियापछि बालिका पूर्णम् स्वस्थ छन् ।”, अस्पतालद्वारा जारी  विज्ञप्तिमा भनिएको छ, “१० घण्टा समय लागेको उक्त जटिल र अनौठो शल्यक्रिया सफल भएपछि सघन उपचार कक्ष तथा पोस्ट अपरेटिभ वार्डमा बिरामीको अवस्था क्रमशः सुधार हँुदै करिब सामान्य बनेको छ ।”

प्रकाशित समय : २०:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु