global ime bank Long Banner Ad

गृहपृष्ठ ‘स्वास्थ्य क्षेत्रमा बजेटको कमी हुन दिन्नौँ’

‘स्वास्थ्य क्षेत्रमा बजेटको कमी हुन दिन्नौँ’

‘स्वास्थ्य क्षेत्रमा बजेटको कमी हुन दिन्नौँ’

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रमा बजेट कमी हुन नदिन प्रतिबद्धता व्यक्त गरेका छन् । स्वास्थ्य सेवा विभागको आज निरीक्षण गर्दै उहाँले स्वास्थ्य संवेदनशील क्षेत्र रहेकाले बजेट बढाउन पहल गरिरहेको बताए ।

“तपाईहरु काम गर्नुस् । बजेटको कमी हुन दिने छैन । मैले यसबारे अर्थ मन्त्रालयसँग निरन्तर छलफल गरिरहेको छु । बजेटको सिलिङ बढ्छ”, मन्त्री यादवले भने । स्वास्थ्य मन्त्रालयअन्तर्गतका प्रत्येक विभाग, महाशाखा र केन्द्रका लागि पर्याप्त बजेटको व्यवस्थापन गरिने उनले उल्लेख गरे ।

मन्त्री यादवले महामारी जहिल्यै पनि आउन सक्ने र यसका लागि तयारी अवस्थामा रहन सबैलाई आग्रह गरे ।

प्रकाशित समय : १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु