काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कोशीमा कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन गर्ने सांसदलाई सनाखत गर्न बोलाए

2.17K
shares

कोशी प्रदेशमा नेकपा एमाले र माओवादीले नयाँ सरकार गठनको दाबी गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले समर्थनमा हस्ताक्षर गरेका सांसदहरुलाई सनाखतका लागि बोलाएका छन् ।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन एमाले र माओवादीका ५२ सांसदको हस्ताक्षरसहित आजै दाबि पेश गरिएको थियो ।

प्रदेश प्रमुखले विहिबार साढे १२ बजे परिचय पत्रसहित प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएर सनाखत गर्न आग्रह गरेका छन् ।

संविधानको धारा १६८ ९५० अन्तर्गत सरकार गठनको आव्हान भएअनुसार गठबन्धनका प्रमुख दलले सरकार गठनका लागि दाबी गरेका हुन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले गएराती शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

विराटनगरमा एमाले र माओवादीले सरकार बनाउन दाबी पेस गरिरहँदा मुख्यमन्त्री केदार कार्की सर्वोच्चमा रिट दायर गर्ने तयारीमा छन् र उनी अहिले काठमाडौँ आइपुगेका छन् ।

मुख्यमन्त्री कार्कीले आफु संबिधानको धाराको १६८ को ५ अनुसारको मुख्यमन्त्री रहेकाले अब यस धारा अनुसार अर्को सरकार गठन हुन नसक्ने जिकिर गर्दै आएका छन् ।

९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद छन् ।