nmb bank

गृहपृष्ठ सफल ह्याप्पी काउ मिल्क अब

सफल ह्याप्पी काउ मिल्क अब

सफल ह्याप्पी काउ मिल्क अब

सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौं बजारमा उपभोक्ताको लागि उपलब्ध भएको छ । यस कम्पनीले उपभोक्ताको माग अनुसार गाईको शुद्ध दुधलाई बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार काठमाडौं बजारमा सफल ह्याप्पी काउ मिल्क गाईको दूध उत्पादन हुने क्षेत्रबाट संकलन गरी गाईको दूधको प्राकृतिक सुगन्ध, स्वाद र पौष्टिकतालाई ध्यान दिई सावधानीपूर्वक अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिन्छ । यस दुधको प्रत्येक प्याकेट क्रिमयुक्त छ । यसले सम्पूर्ण परिवारको स्वस्थता र स्वादिष्टता सुनिश्चित गरी प्रत्येक थोपामा ताजापनको अनुभव प्रदान गर्दै शुद्धता र गुणस्तरको प्रमाण दिने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार दुधमा न्यूनतम ३.५ प्रतिशत फ्याट र न्यूनतम ७.५ प्रतिशत एसएनफ हुने हुँदा सजिलै पचाउन सकिन्छ । सफल ह्याप्पी काउ मिल्क बजारमा ५०० एमएलको पाउचमा उपलब्ध छ । यसको अधिकतम विक्री मूल्य ६० रुपैयाँ तोकिएको छ ।

 

प्रकाशित समय : १७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु