nmb bank

गृहपृष्ठ यामाहाको अफरसहित महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाको अफरसहित महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाको अफरसहित महाएक्सचेन्ज मेला २०८१ को घोषणा

एमएडब्लू राइड्स प्रा.लि.ले एक्सचेन्ज इभेन्ट-यामाहा महाएक्सचेन्ज मेला २०८१ को सुरूवात गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा लाग्ने यो मेला बैसाख २३ गतेदेखि २९ सम्म एक हप्तासम्म जारी रहने छ ।

एमएडब्लू इन्टरप्राइजेज प्रा.लि.का प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले यामाहा महाएक्सचेन्ज मेलाको आयोजना गर्न पाउँदा हर्षित भएका मेलाको विषयमा थप स्पष्ट पार्दै यो कार्यक्रम मोटरसाइकल प्रेमीहरूका लागि सवारीलाई अपग्रेड गर्ने अवसर मात्र नभई जीवन्त र रोमाञ्चक वातावरणमा दुई पाङ्ग्रे सवारीप्रतिको जोश मनाउनको लागि उत्तम मन्च पनि हो।

यामाहा महाएक्सचेन्ज मेलाले  सहभागीहरूले आफ्नो ब्राण्ड-न्यु यामाहा बाइकको खरिदमा एक लाख रूपैयाँसम्मको ग्यारेन्टी नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, एमएडब्लू राइड्सले जुनसुकै ब्राण्ड्सका पुराना मोटरसाइकलहरूको ट्रेडइनको लागि अधिकतम मूल्य सुनिश्चित गर्दै एक लाख रुपैयाँसम्मको अतिरिक्त मूल्याङ्कन पनि प्रदान गर्नेछ। यो एक्सचेन्ज प्रोग्रामले  जुनसुकै ब्राण्डको पुरानो बाइक वा स्कुटरलाई ब्रान्ड न्यु यामाहासँग विनिमय गर्ने सुविधा प्रदान गर्नेछ।

निस्शुल्क बाइक हेल्थ कार्डबाट,निस्शुल्क बाइक चेक-अप र स्पार्कलिंग क्लिन स्टार्टको लागि वाश गर्ने सुविधा लिन सक्नेछन्। सुरक्षा बढाउन डुअर प्राइजका रूपमा स्मार्ट हेल्मेट जित्ने अवसर पनि प्रदान गर्नेछ। मेलामा निस्शुल्क खेल र उपहारहरू, टेस्ट राइड र विन अफरहरू रहने छन् भने निस्शुल्क एसेसरिज प्राप्त गर्नाले आगन्तुकहरूको समग्र अनुभवलाई थप बढाउने निश्चित छ।

मनोरन्जनले भरिपुर्ण रहनेछ, नेपाली गायक गायिकनहरूको प्रत्यक्ष प्रस्तुतीहरूले वातावरणलाई थप जीवन्त बनाउने छ।  बैशाख २४ मा शिव परियार, २६ मा महेश काफ्ले र २९ गते मिलन नेवारको सुमधुर गायनको आनन्द लिन सक्नेछन्।

प्रकाशित समय : २१:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु