global ime bank Long Banner Ad

गृहपृष्ठ आज विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री

आज विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री

आज विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् । गत चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता समेत रहेका कँडेलले आज विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्रीले विश्वासको मत लने प्रयोजनका लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ । विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री कँडेलले मन्त्रालय बाँडफाँटको विषयमा सत्ता गठबन्धन दलभित्र भागबन्डामा सहमति जुटाइसकेका छन् ।

मन्त्रालय भागबन्डा टुंगिए पनि मन्त्री भने टुंगिसकेको छैन । बुधबार माओवादी केन्द्रले रणसिंह परियारलाई सरकारमा पठाइसकेको छ । परियारले हिजै विना विभागीय मन्त्रीका रुपमा सपथ लिइसकेका छन् ।

४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रको १३, एमालेको १० र एकीकृत समाजवादीका १ सांसद छन् । प्रदेशमा नेपाली कांग्रेसका १४, राप्रपाको १ र एकजना स्वतन्त्र सांसद छन् । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तिमा २१ सांसदको समर्थन चाहिन्छ । सत्ता गठबन्धनसँग २४ सांसद छन् ।

 

प्रकाशित समय : ०८:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु