गृहपृष्ठ राष्ट्रिय विकास परिषद्को बैठक बस्दै
राष्ट्रिय विकास परिषद्को बैठक बस्दै
राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजना छलफलका लागि राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ । बैठकले सरकारको १६ औँ योजनालाई अन्तिम रूप दिनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बस्ने बैठक आज बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म होटेल याक एण्ड यतीमा हुने छ । बैठकलाई आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेतासम्मले सम्बोधन गर्ने छन् ।
प्रकाशित समय : ०७:५१ बजे


















