गृहपृष्ठ चिया निर्यातमा भारतीय अवरोध हट्यो
चिया निर्यातमा भारतीय अवरोध हट्यो
lrof l6Kb} M Onfdsf] blIf0fL bfgfaf/Ll:yt lrlndsf]6l:yt lrof aufgdf lrof l6Kb} aufgsf dhb'/x¿ . tl:a/M uf]ljGb nfld5fg]÷Onfd /f;;
भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ। यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए।
चिया बोकेका ती सबै ट्रक पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर मङ्गलबार बेलुका सकुशल छुटेको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए।
‘रोकिएका सबै ट्रक आज छाडिए’, उनले भने, ‘अब भारतीय भन्सारबाट चिया निर्यातमा कुनै अवरोध रहेन।’
पानीट्यांकीस्थित भारतीयस्थल भन्सार कार्यालयका अधिकारीहरुले केन्द्रबाटै आएको निर्देशनअनुसार रोकिएको जनाउँदै अहिले केन्द्रबाटै खुलाउन अर्को निर्देशन आएको बताएका छन्।
प्रकाशित समय : १८:१४ बजे



















