nmb bank

गृहपृष्ठ थाइल्याण्डमा सिनेटको निर्वाचन हुने

थाइल्याण्डमा सिनेटको निर्वाचन हुने

थाइल्याण्डमा सिनेटको निर्वाचन हुने

थाइल्याण्डमा एक दशकअघिको सैन्य ‘कू’पछि पहिलो पटक माथिल्लो सदन ९सिनेट०को लागि आगामी जुन महिनामा निर्वाचन हुनेभएको छ ।

प्रधानमन्त्री श्रेता थाभिसिनको मन्त्रीमण्डलले धेरै चरणमा हुने जटिल निर्वाचनका लागि योजनाहरू स्वीकृत गरेको छ । यद्यपि निर्वाचनमा पूर्ण सार्वजनिक मतदान हुने कुरा भने समावेश गरिएको छैन ।

सन् २०१७ मा तत्कालीन सेनाप्रति बफादार ९जुन्टा० प्रशासनले तयार पारेको संविधान परिवर्तनको पक्षमा छन् कि छैनन् भनेर थाइल्यान्डका जनतालाई सोधेर जनमत सङ्ग्रह गर्न पनि थाई मन्त्रीहरू सहमत भएका छन् ।

सन् २०१४ मा सत्ता कब्जा गरेको सैन्य सरकार र यसको आडमा बनेको सिनेटले वर्तमान २५० सदस्य नियुक्त गरेकोे गत वर्षको आम निर्वाचनको परिणाम निर्धारण गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।

प्रोग्रेसिभ मुभ फरवार्ड पार्टी (एमएफपी) ले तल्लो सदनमा अधिकांश सिट जितेपनि सिनेटमा समर्थन जुटाउन नसकेका कारण यसका नेता पिटा लिम्जारोएनरतलाई प्रधानमन्त्री बन्नबाट रोकियो । त्यसपछि चुनावमा दोस्रो स्थानमा रहेको फेउ थाई पार्टीकी नेतृ स्रेथाले सेनासँग सम्बन्धित दलसँग मिलेर गठबन्धन सरकार बनाएको थियो ।

माथिल्लो सदनमा न्याय, शिक्षा, जनस्वास्थ्य, उद्योग, कला र खेलकुद, वृद्ध र जातीय अल्पसङ्ख्यकलगायत काम र जीवनका विभिन्न २० क्षेत्रहरूबाट छानिएका २०० सिनेटरहरू हुनेछन् ।

सन् २०२४ जुन ९, १६ र २६ मा तीन चरणको मतदान हुने भएकाले सिनेटर बन्नका लागि आवेदन दिएकाहरूले मात्र मतदान गर्न पाउनेछन् ।

आलोचकहरूले यो प्रक्रिया अलोकतान्त्रिक र अनावश्यक रूपमा जटिल भएको बताएका छन् ।

एमएफपीका प्रवक्ता परित वाचारासिन्धुले एएफपीसँग भन्नुभयो, “यो निर्वाचन होइन किनभने सिनेटका सदस्यहरू जनताबाट प्रत्यक्ष रूपमा आउँदैनन् ।” निर्वाचनको परिणाम जुलाई २ मा आउने अपेक्षा गरिएको छ ।

प्रकाशित समय : १९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु