nmb bank

गृहपृष्ठ भारतको दार्जिलिङसँग जोडिएको इलामको सीमा नाका बन्द

भारतको दार्जिलिङसँग जोडिएको इलामको सीमा नाका बन्द

भारतको दार्जिलिङसँग जोडिएको इलामको सीमा नाका बन्द

भारतको दार्जिलिङसँग जोडिएको इलामको सीमा नाका बन्द गरिएको छ । मंगलबार साँझ ६:१५ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि भारतीय पक्षले बोर्डर सिल गरेको हो ।

पश्चिम बंगाल राज्यस्थित दार्जिलिङ जिल्लामा वैशाख १४ गते हुने लोकसभा चुनावलाई लक्षित गर्दै सीमा नाका सिल गरिएको हो । इलामको सन्दकपुर, कालपोखरी, टंलु, तुम्लिङ, मेघ्मा, मानेभञ्ज्याङ, पशुपतिनगर, छब्बिस र समालबुङका नाकाहरू सिल भएको छ ।

भारतको पश्चिम बंगाल राज्यमा ७ देखि १९ वैशाखसम्म लोकसभाको निर्वाचन ७ चरणमा भइरहेको छ ।

यता नेपालमा इलाम २ मा १५ वैशाखमा हुने उपनिर्वाचनलाई लक्षित गरेर नेपाल सरकारले बुधबार राति १२ बजेदेखि ७२ घण्टाका लागि नेपाल भारत सीमा क्षेत्र सिल गर्ने भएको छ ।

प्रकाशित समय : १९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु