गृहपृष्ठ गण्डकीका मुख्यमन्त्री विरुद्धको रिटमा पेसी आज
गण्डकीका मुख्यमन्त्री विरुद्धको रिटमा पेसी आज
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति असंवैधानिक भएको दाबीसहित बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आजलाई पेसी तोकिएको छ ।
गण्डकी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले सभामुखलाई समेत जोडेर बहुमत पुर्याउनु असंवैधानिक भएको भन्दै मंगलबार रिट निवेदन दायर गरेका थिए ।
उक्त रिट निवेदनमा यही चैत २५ गते अधिकारीले जालझेल गरी दूषित तबरले दाबी पत्र पेश गरेकोले उनलाई मुख्यमन्त्रीका रुपमा कामकारबाही गर्न नदिने आदेशको माग गरिएको छ । रिट निवेदनमा सभामुख तटस्थ व्यक्ति भएकाले कुनै पनि दलका लागि बहुमत पुरयाउन नमिल्ने जिकिर गरिएको छ ।
उक्त विवादको सुनुवाइ आज हुने भएको हो । यसअघि, कोशी प्रदेशमा नेकपा एमालेले नेपाली कांग्रेसविरुद्ध सोही आधारको रिट निवेदनमा सर्वोच्च अदालले सभामुखको मत जोड्न नपाउने आदेश दिएको थियो ।
प्रकाशित समय : ०९:५५ बजे


















