global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ संसद अवरूद्ध गर्न चाहन्नौं तर वाध्य हुनसक्छौं : कांग्रेस

संसद अवरूद्ध गर्न चाहन्नौं तर वाध्य हुनसक्छौं : कांग्रेस

संसद अवरूद्ध गर्न चाहन्नौं तर वाध्य हुनसक्छौं : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनाए संसद अवरूद्ध गर्नुपर्ने अवस्था आउने चेतावनी दिएको छ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा कांग्रेस सांसद सञ्जयकुमार गौतमले सहकारी ठगी प्रकरणमा सरकारको मन्त्री नै आरोपित रहेकाले त्यसको छानबिनका लागि संसदीय समिति बनाउने विषयलाई कांग्रेसले गम्भीरतापूर्वक माग राख्दै आएपनि सरकारले सुनुवाइ नगरेका कारण वाध्य भएर संसद अवरूद्ध गर्ने अवस्था आउनसक्ने बताएका हुन्।

प्रतिपक्षी दल भएकाले कांग्रेसलाई संसदको आवश्यकता छ। हामीले महत्त्वपूर्ण भूमिका निभाउनुपर्नेछ। त्यसकारण हामी चाहँदैन संसद अवरूद्ध होस्,सांसद गौतमले भने।

तर सरकार जिम्मवार बनेर सहज वातावरण नबनाए कांग्रेसले वाध्य भएर संसद अवरूद्ध गर्नुपर्ने अवस्था आउने उनले बताए।

संसद अवरूद्ध गर्न चाहँदैनौं तर वाध्य भयौं भने त्यो ठाउँमा पनि पुग्ने परिस्थिति बन्न सक्छ। मुलुकको गम्भीरता र राजनीतिक संवेदनशीलतालाई सरकारले ख्याल गरोस्,उनले भने।

सांसद गौतमले प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखको अभिव्यक्तिले सहकारी ठगीका पीडितहरूले न्याय नपाउने संशय पैदा भएको बताए।

प्रधानमन्त्रीले न्यायाधीश र राजा महाराजाजसरी गृहमन्त्रीलाई क्लीन चिट दिने प्रयास गरेको उनको आरोप थियो।

ुसुरक्षा निकायका प्रमुखले समेत यो विषयलाई फासफुस ढंगले क्लीन दिने प्रयास गर्नुभयो। यसले सहकारी ठगीमा परेका ९० हजार नागरिकले कसरी न्याय पाउँछन् भन्ने संशय पैदा भएको छ,उनले भने।

प्रधानमन्त्री प्रचण्डले ठूलो माछालाई काखी च्यापेर साना माछाको मात्रै खोजी गरेको पनि उनले बताए।

त्यसकारण कांग्रेसले संसदीय समिति नबनेसम्म माग गरिराख्ने र त्यसलाई जनतामा लैजाने बताए।

प्रकाशित समय : १२:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु