global ime bank Long Banner Ad

गृहपृष्ठ फोहर पानी प्रशोधनसहितको ढल निर्माण हुँदै

फोहर पानी प्रशोधनसहितको ढल निर्माण हुँदै

फोहर पानी प्रशोधनसहितको ढल निर्माण हुँदै

बेलौरी नगरपालिकामा फोहर पानी प्रशोधनसहितको ढल निर्माण अगाडि बढाइएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको १८ करोडको लागतमा बेलौरी बजार क्षेत्रमा प्रशोधनसहितको ढल निर्माण सुरु गरिएको हो ।

बेलौरी बजारको नौ किलोमिटर क्षेत्रमा ढल निर्माण भइरहेको नगर प्रमुख पोतिलाल चौधरीले बताए । “ढल निर्माणका लागि ड्रेन निर्माण भइरहेको छ, ढल निर्माणपछि त्यसमा पाइप राख्छौँ”, उनले भने “ढलको पानी पाइपमार्फत प्रशोधन केन्द्रसम्म पुयाउछौँ ।” बजार क्षेत्रको प्रदूषित पानी मेसिनको सहायताले प्रशोधन गरिने उनले बताए ।

प्रशोधन केन्द्र निर्माणका लागि एककठ्ठा जग्गा व्यवस्थापन गरिएको उनले बताए । ढल निर्माणसँगै प्रशोधन केन्द्रमा मेसिन राख्ने काम भइरहेको उनको भनाइ छ । “ढलमै पाइप राखिने भएकाले पानी सिधैँ प्रशोधन केन्द्रमा पुग्छ”, उनले भने ।

 

प्रकाशित समय : १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु