गृहपृष्ठ दोल्ती पावर ९८ लाख ७२ हजार घाटामा

दोल्ती पावर ९८ लाख ७२ हजार घाटामा

दोल्ती पावर ९८ लाख ७२ हजार घाटामा

दोल्ती पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा घाटा व्योहोर्नु परेको छ । कम्पनीलाइ ९८ लाख ७२ हजार रुपैयाँको नोक्सानी भएको छ ।

गत वर्षको पनि कम्पनीले पनि २ करोड २३ लाख ४५ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो । कम्पनीका अनुसार विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै यसको नोक्सानी घटेको हो ।

विद्युत् बिक्रीबाट हुने आम्दानी ४.९३ प्रतिशतले बढेर ५ करोड ८३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ ३ पैसा छ ।

 

प्रकाशित समय : ११:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु