गृहपृष्ठ घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

आज बिहिबार सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेको हो ।

यस दिन छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार १ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ६ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय रुपैयाँ तोकेको छ।

प्रकाशित समय : ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु