global ime bank Long Banner Ad

गृहपृष्ठ थाइल्याण्डलाई हराउदै युएई एसीसी महिला प्रिमियर कपको फाइनलमा

थाइल्याण्डलाई हराउदै युएई एसीसी महिला प्रिमियर कपको फाइनलमा

थाइल्याण्डलाई हराउदै युएई एसीसी महिला प्रिमियर कपको फाइनलमा

युएई एसीसी महिला प्रिमियर कपको फाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा युएईले थाइल्याण्डलाई ४ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

युएईले दिएको ७१ रनको लक्ष्य पछाएको थाइल्याण्डले १९.२ ओभरमा अलआउट हुदै ६६ रन मात्र बनाएपछि खेल ४ रनले हारेको थियो ।

यसअघि युएईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर ७० रन मात्र बनाएको थियो ।

यो जितपछि युएई प्रतियोगिताको फाइनलमा पुगेको छ भने महिला एशिया कपका लागि छनौट समेत भएको छ । अब युएईले अर्को सेमिफाइनलमा मलेसिया र नेपालबीचको विजेतासँग फाइनलमा खेल्ने छ । मलेसिया र नेपालबीचको दोस्रो सेमिफाइनल खेल आजै केहीबेरमा शुरु हुदै छ ।

प्रकाशित समय : ११:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु