global ime bank Long Banner Ad

गृहपृष्ठ माओवादीको विधान अधिवेसन आज पनि, समूहगत प्रस्तुति आज पनि जारी रहने

माओवादीको विधान अधिवेसन आज पनि, समूहगत प्रस्तुति आज पनि जारी रहने

माओवादीको विधान अधिवेसन आज पनि, समूहगत प्रस्तुति आज पनि जारी रहने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन आज पनि जारी रहने भएको छ ।

पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार उदघाटन गरेको सो अधिवेसनमा आज ७ वटा समुहले आ-आफ्नो बाँकी प्रस्तुति दिनेछन् ।

हिजोसम्म २० वटा समूह मध्ये १३ समुहले आ आफ्नो धारणा राखिसकेका छन् । महासचिव देवप्रसाद गुरुङले गठन गरिएका २० वटा समूहले प्रस्तावित बिधानमा छलफल गरिसके पछि हिजोबाट प्रस्तुतिकरण सुरू भएको जानकारी दिएका छन् ।

अध्यक्ष प्रचण्डले बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्न समयसिमा तोकि दिए अनुसार हिजो १३ समुहले आफ्नो सुझाव दिएर टुंगाएका हुन् ।

तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइने माओवादीले जनाएको छ ।

प्रकाशित समय : ०६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु