global ime bank Long Banner Ad

गृहपृष्ठ बागमतीबाट गठबन्धनका चारै उम्मेदवार विजयी

बागमतीबाट गठबन्धनका चारै उम्मेदवार विजयी

बागमतीबाट गठबन्धनका चारै उम्मेदवार विजयी

राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशमा सत्तारुढ गठबन्धनले चारवटै सिटमा विजयी भएको छ । नेपाली कांग्रेसले महिलातर्फ बिष्णुदेवी पुडासैनी र अन्यमा जीतजंग बस्नेत, नेकपा माओवादी केन्द्रले अपांङ्गतर्फ श्रीकृष्णप्रसाद अधिकारी र समाजवादीबाट दलिततर्फ घनश्याम रिजाल विजयी भएका हुन् ।

महिलातर्फ विजयी पुडासैनीले ६६२२ मत र अन्यमा बस्नेतले ६५३१ मत, अपांङ्गतर्फ अधिकारीले ६३८३ मत र दलित रिजालले ६५१२ मत प्राप्त गरेका थिए ।

एमालेबाट महिलातर्फ उम्मेदवार रोचकुमारी चौलागाईंले २५५२ मत, दलिततर्फ ध्रुवराज विकले ३०५२ मत, अपाङ्गतर्फ त्रिलोचन निर्मल पौडेलले २७३४ मत अन्यतर्फ विवेक देवकोटाले २३५९मत प्राप्त गरे ।निर्वाचनमा ६ दलका १५ जनाले प्रतिस्पर्धा गरेका थिए ।

 

प्रकाशित समय : १८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु