global ime bank Long Banner Ad

गृहपृष्ठ कोशीका सुजन थपलियाले बनाए पुलिसविरूद्ध शतक

कोशीका सुजन थपलियाले बनाए पुलिसविरूद्ध शतक

कोशीका सुजन थपलियाले बनाए पुलिसविरूद्ध शतक

कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई १६७ रनको लक्ष्य दिएको छ ।

जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी खेलमा कोशी प्रदेशले पहिला ब्याटिंग गर्दै ४८.२ ओभरमा अलआउट हुदै १६६ रन बनाएको हो ।

कोशी प्रदेशका लागि सुजन थपलियाले १०५ रनको शतकीय पारी खेलेका थिए । उनले १२६ बल खेल्दै ६ चौका र ८ छक्का प्रहार गर्दै १०५ रन बनाएर आउट भएका थिए । अन्य ब्याट्सम्यानले साथ नदिदा कोशी १६६ रनमै समेटिएको छ ।

थपलिया जारी पीएम कपमा शतक बनाउने चौथो खेलाडी हुन् । यस अघि नेपाल पुलिसका राशिद खानले १०६, एपीएफका सन्दीप जोराले ११२ र त्रिभुवन आर्मीका विनोद भण्डारीले ११३ रन बनाएका थिए ।

कोशी प्रदेशलाई १६६ रनमा समेट्ने क्रममा नेपाल पुलिसका बलर करण केसीले सर्बाधिक ३ विकेट लिएका थिए भने ललित राजबंशी र सुनिल धमलाले २-२ तथा राशिद खान, सगर ढकाल र कुशल भुर्तेलले एक एक विकेट लिएका थिए ।

प्रकाशित समय : १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु