global ime bank Long Banner Ad

गृहपृष्ठ बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्दै रिलायन्स स्पिनिङ मिल्स

बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्दै रिलायन्स स्पिनिङ मिल्स

बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्दै रिलायन्स स्पिनिङ मिल्स

बुक बिल्डिङ विधिबाट रिलायन्स स्पिनिङ मिल्सले माघ १० गतेदेखि आईपीओ जारी गर्ने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले सार्वजनिक सूचना जारी गर्दै पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि १० गतेदेखि आईपीओ जारी गर्न लागिएको जनाएको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात् १९ लाख २६ हजार ६ सय कित्ता साधारण सेयर जारी गर्नेछ । जसमध्ये पहिलो चरणमा ७ लाख ७० हजार ६४० कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बिक्री गर्ने भएको हो । बाँकी ११ लाख ५५ हजार ९६० कित्ता सेयर पछि सर्वसाधारणका लागि जारी हुनेछ ।

पहिलो चरणमा संस्थागत लगानीकर्ताले माघ १४ गतेसम्म नेपाल स्टक एक्स्चेन्जमा बोलकबोल आवेदन दिनेछन् । संस्थागत लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता ६०८ रुपैयाँदेखि अधिकतम मूल्य ९१२ रुपैयाँसम्मका लागि बोलकबोल गर्नेछन् । सोही बोलकबोलका आधारमा कटअफ मूल्य तय हुनेछ । कटअफ मूल्यको १० प्रतिशत न्यूनतम मूल्यमा सर्वसाधारणलाई सेयर जारी हुनेछ ।

इटहरीमा यस कम्पनीको धागो कारखाना सञ्चालनमा छ । कम्पनीले सो धागो देशभरका विभिन्न कपडा उद्योगहरुलाई बिक्री गर्ने तथा भारत लगायत तेस्रो मुलुकमा पनि निर्यात गर्ने गरेको जनाएको छ । गत असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ६७ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा र सञ्चित नाफा ५ अर्ब ६३ करोड रुपैयाँ रहेको विवरणपत्रमा उल्लेख छ । साधारण लगानी फिर्ता हुने अवधि ६।८८ वर्ष प्रक्षेपण गरिएको छ । कम्पनीका अध्यक्ष पवनकुमार गोल्यान हुन् ।

प्रकाशित समय : १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु