गृहपृष्ठ सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १०० रुपैयाँले घटेकाे हो ।
महासङ्घका अनुसार मंगलबार छापावाल सुन एक लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १४१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित समय : ११:०६ बजे


















