global ime bank Long Banner Ad

गृहपृष्ठ माछापुच्छ्रे बैंकको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

माछापुच्छ्रे बैंकको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

माछापुच्छ्रे बैंकको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

माछापुच्छ्रे बैंकको सेयर किन्ने आज अन्तिम दिन रहेको छ। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन दिन सकिनेछ । बैंकले पुस २५ गतेदेखि संस्थापक सुरेन्द्र महतोको नाममा रहेको१ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्री गर्न खोेजेका हुन् ।

बैंकले यसमा प्रतिकित्ता सेयरको न्यूनतम भाउ ११५ रुपैयाँ तोकेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । उक्त सेयर संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

लगानीकर्ताले न्यूनतम १० लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउनुपर्नेछ ।

प्रकाशित समय : ११:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु