global ime bank Long Banner Ad

गृहपृष्ठ घलेम्दी हाइड्रोको ३२ लाख १७ हजार ७ सय २४ कित्ता शेयर लिलामीमा

घलेम्दी हाइड्रोको ३२ लाख १७ हजार ७ सय २४ कित्ता शेयर लिलामीमा

घलेम्दी हाइड्रोको ३२ लाख १७ हजार ७ सय २४ कित्ता शेयर लिलामीमा

घलेम्दी हाइड्रो लिमिटेडले माघ ९ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित सर्वसाधारण समुह तर्फको ३२ लाख १७ हजार ७ सय २४ कित्ता शेयर लिलाम गर्न लागेको हो ।

यस लिलामीको शेयरमा माघ २३ गतेसम्म आवेदन दिन सकिने छ । शेयर लिलाम प्रक्रियाको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । मुक्तिनाथ क्यापिटलको कार्यालय नक्साल र मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरुस् ठिमी भक्तपुर, कुमारीपाटी-ललितपुर, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुङ्गा-पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, घोराही-दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा आवेदन दिन सकिने छ ।

यस लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि दिनु पर्ने छ भने अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ। तर दशमलवमा शेयरको लागि आवेदन दिन पाइने छैन । ५ लाख भन्दा बढी रकम आवेदन दिनेले अनिवार्य प्यान नम्बर उल्लेख गर्नु पर्ने छ ।

कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।

कम्पनीले हाल कायम चुक्ता पुंजीको १स्२ को अनुपातमा २०० प्रतिशतले हुन आउने १ करोड १० लाख कित्ता हकप्रद शेयर निकाष्शनको गरेको थियो । जस मध्ये रितपूर्वक आवेदन दिने २८ हजार १ सय २१ जना शेयरधनीहरुलाई ७७ लाख ८२ हजार २ सय ७६ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको थियो। बिक्री नभएको शेयर लिलाममा आउन लागेको हो।

कम्पनीले मङ्सिर १० गतेदेखि पुस १६ गतेसम्म हकप्रद बिक्री गरेको थियो । हकप्रदबाट जम्मा भएको पुँजी सांग्रिला उर्जा लिमिटेडद्वारा प्रवद्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयेजनामा ५१ प्रतिशत भन्दा बढी सेयर कायम हुनेगरी लगानी गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित समय : ०९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु