global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ टुँडिखेलमा अत्यधिक भीड, चेपिएर ८ जना घाइते

टुँडिखेलमा अत्यधिक भीड, चेपिएर ८ जना घाइते

टुँडिखेलमा अत्यधिक भीड, चेपिएर ८ जना घाइते

काठमाडौंको टुँडिखेलमा अत्यधिक भीडभाडमा चेपिएर ८ जना घाइते भएका छन् ।

माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भीडभाडका क्रममा घाइते हुन पुगेका हुन् ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार भीडमा चेपिएर घाइते भएका ८ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । उनीहरुको अवस्था सामान्य छ ।

भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरु धेरै हुँदा टुँडिखेलको गेटमा बढेको भीडमा उनीहरु चेपिएका प्रहरीले जनाएको छ ।

 

प्रकाशित समय : १७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु