global ime bank Long Banner Ad

गृहपृष्ठ जापान भूकम्पमा मृत्यु हुनेको संख्या २२० पुग्यो

जापान भूकम्पमा मृत्यु हुनेको संख्या २२० पुग्यो

जापान भूकम्पमा मृत्यु हुनेको संख्या २२० पुग्यो

जापानको मध्य प्रान्त इशिकावामा आइतबार ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या २२० पुगेको छ ।

स्थानीय समयअनुसार बिहान ९ बजेसम्म सबैभन्दा बढी प्रभावित प्रान्तमा वेपत्ताको सङ्ख्या २० रहेको छ भने भूकम्पका कारण कम्तीमा एक हजार १५ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार उत्तरी र पूर्वी जापानमा आइतबार साँझदेखि मङ्गलबारसम्म तीव्र हावाहुरी, हिमपात र उच्च छालआउने सम्भावना रहेको छ ।

भूकम्प प्रभावित होकुरिकु क्षेत्र र निगाता प्रान्तमा आइतबार ७२ किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावा चल्ने अनुमान गरिएको छ ।

सोमबारदेखि मङ्गलबारसम्म होकुरिकु क्षेत्र र निगाता प्रिफेक्चरमा चिसो हावा चल्ने अनुमान गरिएको छ । चीसोले गर्दा जापानी समुद्रको तटीय क्षेत्रमा भारी हिमपात हुनेछ ।

यसैबीच जनवरी १ मा गएको शक्तिशाली भूकम्पपछि देशको सात तहको प्रणालीमा एक वा सोभन्दा बढी को तीव्रताका भूकम्पका झट्का शनिबार अपराह्न ४ बजेसम्ममा एक हजार ३६८ पटक मापन गरिएको जेएमएले जनाएको छ ।

मौसम विज्ञान अनुुन्धान निकायका अनुसार मानिसहरुले अझै एक महिनासम्म ५.० म्याग्च्यिुड वा सोभन्दा माथिको शक्तिशाली भूकम्पको सामना गर्न सक्नेछन् ।

प्रकाशित समय : १७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु