global ime bank Long Banner Ad

गृहपृष्ठ ८ किलो अवैध लागूऔषधसहित ५ जना पक्राउ

८ किलो अवैध लागूऔषधसहित ५ जना पक्राउ

८ किलो अवैध लागूऔषधसहित ५ जना पक्राउ

करिब ८ किलो ८ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तुसहित ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मनहरि गाउँपालिका–६ नयाँ बस्ती बस्ने ४० वर्षीय रामनारायण श्रेष्ठ, बारा जितपुर सिमरा उपमहानगरपालिका–६ बस्ने २१ वर्षीय याकुब खान, बारा परवानीपुर गाउँपालिका–३ बस्ने २० वर्षीय मुकेश राम भन्ने मुस्की राम, पर्सा वीरगज उपमहानगरपालिका–२१ बस्ने २० वर्षीय ईरमान आलम र सोही ठाउँ बस्ने २१ वर्षीय सोयल मिंया रहेका छन् ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले मनहरि गाउँपालिका–७ मा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना।३ च ७४०४ नम्बरको कारमा सवार याकुब खानलाई ३ सय ग्राम चरेश जस्तो देखिने वस्तुसहित पक्राउ गरेको थियो ।

थप अनुसन्धानको क्रममा खानले उक्त लागूऔषध रामनारायणसँग लिएको खुल्न आएपश्चात् उनको घरबाट थप ८ किलो ५ सय ग्राम चरेश बरामद गरी रामनारायण र कारमा सवार याकुब समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय : १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु