गृहपृष्ठ आयकर वापतको कर पुसभित्रै बुझाउन राजस्व विभागको आग्रह

आयकर वापतको कर पुसभित्रै बुझाउन राजस्व विभागको आग्रह

आयकर वापतको कर पुसभित्रै बुझाउन राजस्व विभागको आग्रह

आन्तरिक राजस्व विभागले आय वर्ष २०८०/०८१ को आयकरको प्रथम किस्ता वापतको कर तथा विवरण दाखिला गर्ने आग्रह गरेको छ ।

विभागले २०८० पौष महिना भित्रै ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयमा कर तथा विवरण दाखिला गर्न आग्रह गरेको छ।

आयकर ऐन, २०५८ (सं.स.) को दफा ४ को उपदफा (१) बमोजिम आय वर्ष २०८०/०८१ को आयकरको किस्ता दाखिला गर्नु पर्ने करदाताहरुले दफा ५ बमोजिम आय वर्ष २०८०/०८१ को कारोवारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको प्रथम किस्ता वापतको ४० प्रतिशत रकम २०८० पौष महिना भित्रै बुझाउन विभागले आग्रह गरेको हो ।

प्रकाशित समय : ११:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु