global ime bank Long Banner Ad

गृहपृष्ठ ओलीलाई भेट्न रवि बालकोटमा, के भयो कुराकानी ?

ओलीलाई भेट्न रवि बालकोटमा, के भयो कुराकानी ?

ओलीलाई भेट्न रवि बालकोटमा, के भयो कुराकानी ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।

च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक बस्नै लाग्दा ओलीसँग वार्ता गर्न लामिछाने बालकोट पुगेका हुन्।

अहिले दुई नेताबीच बालकोटमा वार्ता जारी छ। एमालेका अन्य नेताहरू भने सचिवालय बैठकका लागि च्यासलमा भेला भइरहेका छन्।

 

एमालेले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सत्ता गठबन्धनसँग पनि वार्ता गरिरहेको छ। एमालेले आफूलाई ६ सिट चाहिने बताएको छ।

प्रकाशित समय : १४:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु