global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रिय सभा निर्वाचनः आज मतदाता नामावली प्रकाशित हुने

राष्ट्रिय सभा निर्वाचनः आज मतदाता नामावली प्रकाशित हुने

राष्ट्रिय सभा निर्वाचनः आज मतदाता नामावली प्रकाशित हुने

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मतदाता नामावली सार्वजनिक गरिने भएको छ ।

निर्वाचन आयोगको स्वीकृत कार्यतालिका अनुसार आज निर्वाचन अधिकृतको कार्यालयहरूमा मतदाता नामावली प्रकाशित हुनेछ । आयोगले सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । प्रकाशित हुने नामावलीमाथि आजै दाबी–विरोध गर्न सकिने आयोगले जनाएको छ । दाबी-विरोधमाथि छानबिन गरी आयोगले पुस २२ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्नेछ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउँछन । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १९ तोकिएको छ । उम्मेदवारको मनोनयन दर्ताका लागि आयोगले पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय तोकेको छ ।

पुस २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको तालिका छ । माघ ११ गते बिहान ९ बजेदेखि ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । सबै प्रदेशमा २/२ गरी १४ वटा मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ । फागुन २० गते कार्यकाल सकिन लागेका निर्वाचित १९ जना सदस्यको स्थानमा निर्वाचन हुन लागेको छ ।

 

प्रकाशित समय : ०९:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु