गृहपृष्ठ आज काठमाडौंकाे तापक्रम यो वर्षकै कम
आज काठमाडौंकाे तापक्रम यो वर्षकै कम
आज काठमाडौं उपत्यकाको तापक्रम यो वषकै कम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजे काठमाडौं उपत्यकाको तापक्रम ३ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको हो।
यो काठमाडौंमा मापन गरिएको यस वर्षकै कम तापक्रम हो । हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रममा ५ डिग्री सेल्सियस थियो ।
देशका उच्च पहाडी भेगमा केही दिनदेखि हिमपात भैरहेकाले चिसो अझै बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित समय : ०८:४८ बजे



















