global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्वअरनिको यातायातले जित्यो मुद्दा, महानगरले भत्काउन नपाउने

पूर्वअरनिको यातायातले जित्यो मुद्दा, महानगरले भत्काउन नपाउने

पूर्वअरनिको यातायातले जित्यो मुद्दा, महानगरले भत्काउन नपाउने

पूर्वअरनिको यातायात प्रालिले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा निर्माण गरेको बसपार्क नभत्काउन काठमाडौं महानगरलाई उच्च अदालतले निषेधाज्ञाको आदेश दिएको छ ।

बुधबार न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले पूर्वअरनिकोले बनाएको बसपार्क नभत्काउन निषेधाज्ञा जारी गरेको हो ।

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र एक भन्दा धेरै बसपार्क नहुने भन्दै भत्काउने तयारी गरेपछि यातायात कम्पनीको तर्फबाट श्यामबहादुर लामाले रिट निवदेन दिएका थिए ।

उक्त रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनले गत २१ असोजमा कम्पनीको पक्षमा अन्तरकालीन अन्तरिम आदेश दिएको थियो । बुधबार अदालतले कम्पनीको पक्षमा फैसला नै गरिदिएको हो ।

 

पूर्वअरनिको यातायात प्रालिले १४ रोपनी जग्गामा १० करोड खर्च गरेर बसपार्क निर्माण गरे पनि महानगरले ‘एक बसपार्क’ नीति लिएको भन्दै सञ्चालन अनुमति दिएको छैन । प्रदेश र स्थानीय सरकारसँग अनुमति नै नलिई बसपार्क निर्माण गरेको भन्दै काठमाडौं महानगरपालिका र प्रदेश यातायात मन्त्रालयले त्यसलाई कुनै पनि हालतमा सञ्चालन गर्न नदिने बताउँदै आएका छन् ।

यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीले महानगरपालिकाले र प्रदेश सरकारले अब बसपार्क सञ्चालन गर्न अनुमति दिनुपर्ने बताए । ‘हामीले पहाडी क्षेत्रमा हुने सहजतालाई मध्यनजर गर्दै बसपार्क निर्माण गरेका छौं, हामी जुनसुकै हालतमा पनि बसपार्क संचालन गर्छौ’ उनले भने ।
सबै स्थानीय तहसंग कुरा भएको र सबैले अनुमति दिने उनको भनाई छ । तर पूर्वअरनिको यातायातले घुस नदिई काम गर्न खोज्दा समस्या भएको उनी बताउछन् । ‘हामीले पुलिसलाई वा सरकारी कर्मचारीलाई पैसा दिएका छैनौ, त्यसले गर्दा हाम्रा हरेक राम्रा काममा पनि बाधा भएको हो’ उनले भने । अहिले पूर्व अरनिको यातायातले अहिले पहाडी १३ जिल्लामा बस संचालन गर्दै आएको छ । अरनिको अहिलेसम्मा ७०० बसहरु रहेको छन् । २ हजार जनाले रोजगारी पाएका छन् ।

काठमाडौं महानगरपालिकाका पक्षका कानुन व्यवसायीहरुले भने संरचनामा बल प्रयोग नगर्न निषेधाज्ञाको आदेश आए पनि बसपार्क सञ्चालनको विषयमा कुनै फैसला भएको छैन ।

प्रकाशित समय : ११:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु