गृहपृष्ठ कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ।

महाशाखाका अनुसार आज बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा आंशिक देखि मौसम सामान्यतया सफा रहेको छ।

त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी तराई भू(भागका एक-दुई स्थानमा हल्का देखि मध्यम हुस्सरकुहिरो लागेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ।

 

प्रकाशित समय : ०७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु