गृहपृष्ठ सहकारीका संचालक जीबी राईलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलको सहयोग लिने
सहकारीका संचालक जीबी राईलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलको सहयोग लिने
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक गितेन्द्रबाबु राई (जीबी)लाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी हुने भएको छ।
सहकारी ठगी प्रकरणमा फरार उनलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोग लिन लागेको हो। पोखरामा बचतकर्ताले दिनहुँ प्रदर्शन गरेर ठगीका आरोपित पक्राउ गर्न दबाब दिइरहेका छन्।
‘
बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। अनुसन्धानपछि तयार गरेको प्रतिवेदनअनुसार १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको हो। गत साउन २२ गते उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।
१ हजार ३६ जनाले आफू ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। जसमा सहकारीका कोषाध्यक्ष कुमार रम्तेल मात्र पक्राउ परेका छन् । प्रहरीले अध्यक्षसहित १९ जनालाई प्रतिवादी बनाएको छ। सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) भने फरार छन्।
प्रकाशित समय : १५:३९ बजे

















