global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्री प्रचण्डले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री प्रचण्डले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री प्रचण्डले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले (भोलि) मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रचण्डलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन्।

उनी यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए ।

 

प्रकाशित समय : १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु