global ime bank Long Banner Ad

गृहपृष्ठ नेफ्स्कूनको अध्यक्षमा ढकाल निर्वाचित

नेफ्स्कूनको अध्यक्षमा ढकाल निर्वाचित

नेफ्स्कूनको अध्यक्षमा ढकाल निर्वाचित

देशभरका सहकारीको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को अध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्।

यही पुस ७ र ८ गते सम्पन्न निर्वाचनमा एक हजार १९६ मत प्राप्त गरी उनी अध्यक्षमा विजयी भएका हुन्। उनका प्रत्यासी परितोष पौड्यालले एक हजार १९ मत प्राप्त गरे।

वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी , महासचिवमा घनश्याम अधिकारी कोषाध्यक्षमा दिपक थापा निर्वाचित भएका छन्।

सञ्चालक महिलामा सीता ढकाल पौडेल, मन्दरा मिश्र, कमलादेवी गिरी, लक्ष्मी सापकोटा (कोशी), शोभाकुमारी राउत (मधेश), खेमराज सुवेदी (बागमती), गोपालप्रसाद गौतम (गण्डकी), ज्ञानु पौड्याल (लुम्बिनी), वीरबहादुर राउत भोट (कर्णाली), दिप्ती शाही (सुदूरपश्चिम) विजयी भएका छन्।

यसैगरी, सञ्चालक खुलामा देवकुमार श्रेष्ठ, सुशीलकुमार बस्न्यात, शालिकराम ढकाल, लेखा सुपरीवेक्षण समिति संयोजकमा इन्द्रराज ज्योति पौडेल, सदस्यद्वयमा हेमराज विष्ट र दुर्गा तिवारी सञ्जेल निर्वाचित भएका छन्।

गए राति सम्पन्न मतदानमा कूल दुई हजार ६३३ मतदातामध्ये दुई हजार २०० मतदाताले मतदान गरेका थिए ।

प्रकाशित समय : १०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु