गृहपृष्ठ इसेवाको लिंक एकाउन्टबाट कारोबार गर्दा अधिकारीले जिते एक लाखको सपिङ भौचर
इसेवाको लिंक एकाउन्टबाट कारोबार गर्दा अधिकारीले जिते एक लाखको सपिङ भौचर
इसेवाको मेगा लिंक मेनिया अफरअन्तर्गत बैंक वा सहकारी खाता इसेवामा लिंक गरी कारोबार गरेका प्रनिश अधिकारीले एक लाख रुपैयाँको सपिङ भौचर जितेका छन् । यस अफरमा सहभागी भएका प्रयोगकर्तामध्ये अधिकारी इसेवाको आधिकारिक फेसबुक पेजमा भएको लाइभ मार्फत भाग्यशाली विजेता घोषित भएका हुन् ।
विजेता अधिकारीले इसेवामा छिमेक लघुवित्तको खाता लिंक गरी कारोबार गर्दा सो उपहार जितेका हुन् । इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले मंगलबार नै विजेता अधिकारीलाई उक्त सपिङ भौचर हस्तान्तरण गरेका हुन् ।
सपिङ भौचर हस्तान्तरण गर्दै चिफ बिजनेस अफिसर गौतमले आगामी दिनमा पनि इसेवाले यस्तै किसिमका नयाँ अफरहरू सार्वजनिक गर्दै जाने बताए । चिफ बिजनेस अफिसर गौतमले अफर अवधि सकिए पनि, सबै इसेवा प्रयोगकर्तालाई सजिलो तथा छिटो कारोबारका लागि इसेवा वालेटमा आफ्नो बैंक तथा सहकारीको खाता लिंक गरी कारोबार गर्नका लागि सुझाएका थिए ।
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले भदौ २० गतेदेखि कार्तिक ३ गतेसम्म मेगा लिंक मेनिया अफर सञ्चालन गरेको थियो । यस अफरमा इसेवा एकाउन्टमा लिंक गरिएको बैंक वा सहकारी खाता मार्फत भुक्तानी गर्दा बम्पर उपहार बाहेक दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर समावेश थिए ।
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ८० लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैगरी देशभर रहेका दुई लाखभन्दा बढी एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी तथा मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली र खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, त्तच् भुक्तानी लगायतका करिब ४ लाख भन्दा बढी मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।
प्रकाशित समय : १८:२३ बजे



















