global ime bank Long Banner Ad

गृहपृष्ठ माओवादीको सचिवालय बैठक स्थगित, अर्को बैठक बिहिबार बस्ने

माओवादीको सचिवालय बैठक स्थगित, अर्को बैठक बिहिबार बस्ने

माओवादीको सचिवालय बैठक स्थगित, अर्को बैठक बिहिबार बस्ने

नेकपा माओवादी केन्द्रको जारी सचिवालय बैठक स्थगित भएको छ । अर्को बैठक बिहीबार बिहानका लागि सारिएको हो ।

पार्टी उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि प्रसाद सापकोटाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण आजको बैठक स्थगित भएको हो ।

मंगलबारदेखि सुरु भएको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो । बैठकमा माओवादीले जारी ‘जनतासँग माओवादी अभियान’ को समीक्षा, आगामी राष्ट्रिय सभा निर्वाचन, विधान सम्मेलन, नेपाल समाजवादी पार्टीसँगको एकता र केन्द्रिय समिति बैठकका विषयमा छलफल गरिरहेको छ ।

मंगलबार १० वटै प्रदेश कमिटीका इन्चार्जहरू रिपोर्टीङ राख्ने काम सकिएको र त्यस विषयमा बिहीबारको बैठकले छलफल गर्ने प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रकाशित समय : १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु