गृहपृष्ठ यूएईबाट आएको जहाजको शौचालयमा नवजात शिशु मृत फेला
यूएईबाट आएको जहाजको शौचालयमा नवजात शिशु मृत फेला
यूएईबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशु मृत भेटिएको छ ।
बुधबार बिहान ९ बजे काठमाडौं अवतरण गरेको एयर अरेबियाको शौचालयमा शिशु मृत फेला मृत भेटिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । शिशु हेर्दा समय नपुगी जन्मेको जस्तो देखिन्छ । यसको अनुसन्धान हुँदैछ ।’
घटनापछि प्रहरीले एक महिला यात्रुलाई पक्राउ गरी अस्पताल लगेको छ । ती महिलाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा भइरहेको बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान भैरहेको जनाएको छ ।
प्रकाशित समय : १६:०६ बजे



















