global ime bank Long Banner Ad

गृहपृष्ठ सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जना संसदीय समितिबाट अनुमोदन

सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जना संसदीय समितिबाट अनुमोदन

सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जना संसदीय समितिबाट अनुमोदन

सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न न्याय परिषद्‍ले एक महिनाअघि गरेको सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। समितिको बुधबार बसेको बैठकले सिफारिस सर्वसम्मतरुपमा अनुमोदन गरेको हो।

न्याय परिषद्‍ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्न गत मंसिर ५ गते ६ जनाको नाम सिफारिस गरेको थियो। समितिले सिफारिस गरिएकाहरुलाई बोलाएर गत शुक्रबारदेखि सोमबारसम्म सुनुवाइ गरेको थियो।

समितिले अनुमोदन गरेसँगै सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधीश बन्‍ने ढोका खुलेको छ। अब उनीहरुलाई राष्ट्रपतिले सर्वोच्चको न्यायाधीश नियुक्त गर्नेछन्।

 

प्रकाशित समय : १३:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु