global ime bank Long Banner Ad

गृहपृष्ठ सिजि इन्टरटेनमेन्टले ‘मनका कुरा विथ बसन्त चौधरी’ प्रसारण गर्दै

सिजि इन्टरटेनमेन्टले ‘मनका कुरा विथ बसन्त चौधरी’ प्रसारण गर्दै

सिजि इन्टरटेनमेन्टले ‘मनका कुरा विथ बसन्त चौधरी’ प्रसारण गर्दै

सिजि इन्टरटेनमेन्टले आफ्नो स्थापनाको १३ वर्षपछि पुनः सक्रिय रुपमा कार्यक्रमहरु प्रस्तुत गर्ने भएको छ । विभिन्न गीत, छोटा चलचित्र तथा कथानक चलचित्र ‘भिसा–गर्ल’ उत्पादन र प्रसारण गरिसकेको सिजि इन्टरटेनमेन्टले अब आफ्नोे यु–ट्युब च्यानल शुरु गर्न लागेको हो ।

हरेक दिन केही न केही नयाँ खुराक प्रस्तुत गर्ने योजना अनुसार यही डिसेम्बर २२ तारिखदेखि हरेक शुक्रबार साँझ ८ बजे बसन्त चौधरीले प्रस्तुत, गर्ने कार्यक्रम ‘मनका कुरा विथ बसन्त चौधरीु सिजि इन्टरटेनमेन्टको आधिकारीक यूट्युव च्यानल मार्फत नियमित रुपमा प्रसारण हुनेछ ।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरुसँग अन्तरङ कुराकानी प्रस्तुत हुनेछ। सो कार्यक्रम उत्पादन गर्नका लागि सिजि इन्टरटेनमेन्टले आफ्नो छुट्टै स्टुडियोको स्थापना समेत गरिसकेको संस्थाका सह–अध्यक्ष हरिहर शर्माले जानकारी दिए ।

हाल ‘मनका कुरा विथ बसन्त चौधरीु उत्पादन र प्रसारण गर्न लागेको सिजि इन्टरटेनमेन्टले आगामी जनवरीदेखि अन्य कार्यक्रम पनि शुरु गर्ने तयारी गरेको छ ।

 

प्रकाशित समय : १७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु