global ime bank Long Banner Ad

गृहपृष्ठ मेनुका पौडेलले पाइन् भारतीय फिल्म ‘सलार’ मा गीत गाउने मौका

मेनुका पौडेलले पाइन् भारतीय फिल्म ‘सलार’ मा गीत गाउने मौका

मेनुका पौडेलले पाइन् भारतीय फिल्म ‘सलार’ मा गीत गाउने मौका

‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले प्रतीक्षित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका पाएकी छन् ।

आइतबार राती प्रसारित इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुका स्वयमले यो जानकारी दिएकी हुन् । सोनी टेलिभिजनले मेनुकाको यो क्षणलाई महत्वका साथ प्रसारण गरेको थियो ।

‘सालार’ फिल्मका संगीतकार रवि बसरुरको संगीतमा आफूले गीत गाउने मौका पाएको जानकारी गराएकी छन् । उनले भनेकी छन्  मेरो पहिलो प्लेब्याक गायनका लागि पहिलो गीत गाइरहेको छु । मेरो तर्फबाट निकै राम्रोसँग गाउनेछु ।’

उनले यो क्षणलाई आफ्नो ‘टर्निङ प्वाइन्ट’ भएको बताएकी छन् । मेनुकाले इण्डियन आइडलको स्टेजमा यो जानकारी गराएपछि खुशि र सम्मानमा सबै जजले उठेर सम्मान व्यक्त गरेका थिए । साथै, उक्त एपिसोडमा इण्डियन आइडलले मेनुकाले सालारका लागि स्टुडियोमा पुगेर गीत गाउन लागेको भिडियो पनि देखाएको छ ।

जज श्रेया घोषालले मेनुकालाई बधाई दिँदै केजीएफ निर्माता कम्पनीको नयाँ फिल्म सालार ठूलो प्रोजेक्ट रहेको र यसमा गाउन पाउनु खुशिको कुरा भएको बताएकी छन् । उनले संगीतकार बसरु अब्बल संगीतकार भएको पनि बताएकी छन् ।

साथै मेनुकालाई केही अघिको एपिसोडमा एक गेष्टले फिल्मका लागि प्रस्ताव समेत राखेका थिए । मेनुकाले इण्डियन आइडलमा पछिल्लो समय उत्कृष्ट प्रस्तुति दिइरहेकी छन् ।

प्रकाशित समय : १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु