global ime bank Long Banner Ad

गृहपृष्ठ छोरासँगको रिसले आमाको हत्या गर्ने युवक पक्राउ

छोरासँगको रिसले आमाको हत्या गर्ने युवक पक्राउ

छोरासँगको रिसले आमाको हत्या गर्ने युवक पक्राउ

साथीसँगको रिसइबीका कारण एक युवकले उनकी आमाको हत्या गरेको खुलेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारमा छोरासँगको रिस फेर्न उनकी आमाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।

आइतबार २५ वर्षीय गणेश चौधरीले स्थानीय ५० वर्षीया भूमि चौधरीको छुरा प्रहार गरी हत्या गरेको उल्लेख गर्दै प्रहरीले छोरासँग पुरानो रिसइबीका कारण घटना भएको जनाएको छ ।

सुनसरी प्रहरीले हत्या आरोपमा गणेशलाई खनारबाट पक्राउ गरेको छ । कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

मृतक भूमिका २६ वर्षका छोरा र हत्या आरोपमा पक्राउ परेका गणेश साथी हुन् । केही समयअघि भएको गाउँकै एक झगडा घटनापछि उनीहरुबीच बेमेल भएको र त्यही रिसमा हत्या गरेको खुलेको प्रहरीको भनाइ छ ।

 

प्रकाशित समय : १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु