काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ्ग गर्ने सुविधा

5.8K
shares

बैंकिङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको नबिल बैंकले कियोस्क मेसिनमार्फत चेक क्लियरिङ गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ । यस सुविधामार्फत अब ग्राहक स्वयंले कियोस्कमार्फत चेक सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन् ।

यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकूल पारेर कार्यालय समयबाहेक पनि बिना झन्झट चेक डिपोजिट गर्न सक्ने बैंकले जनाएको छ । यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्वस्फूर्त कारोबार हुने हुनाले यसबाट ग्राहकले पूर्णरुपमा लाभ लिनेमा विश्वस्त रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हाललाई नबिल बैंकले काठमाडौं उपत्यकाका ६ र उपत्यकाबाहिर ४ गरी १० वटा शाखाबाट उक्त सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार उपत्यकाभित्रका तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँ बानेश्वर, न्युरोड र कुलेश्वर शाखाबाट र उपत्यकाबाहिरका विराटनगर, वीरगन्ज, पोखरा र बुटवल शाखामा यो सुविधा पाउन सकिनेछ ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकमध्ये एक हो । बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकमा हाल १८ लाखभन्दा बढी ग्राहक छन् ।