global ime bank Long Banner Ad

गृहपृष्ठ हामीलाई जिस्काउने हो भने काठमाडौंका मान्छेले भात खान पाउँदैनन् : दुर्गा प्रसाईँ

हामीलाई जिस्काउने हो भने काठमाडौंका मान्छेले भात खान पाउँदैनन् : दुर्गा प्रसाईँ

हामीलाई जिस्काउने हो भने काठमाडौंका मान्छेले भात खान पाउँदैनन् : दुर्गा प्रसाईँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफूहरुलाई जिस्काएमा काठमाडौंमा मानिसले भात खान नपाउने गरी नाका ठप्प पारिदिने चेतावनी दिएका छन् । ‘हामीलाई जिस्काउने हो भने काठमाडौंका मान्छेले भात खान पाउँदैनन्,’ भक्तपुरस्थित आफ्नै घरमा पत्रकार सम्मलेन गर्दै बुधबार प्रसाईले भने, ‘ हामीलाई काठमाडौं छिर्न दिएनन् भने काठमाडौंका सबै नाका ठप्प पार्छौं ।’

मंसिर ७ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने घोषणा गरेका प्रसाईले त्यसको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन गरेका हुन् । आफ्ना समर्थकहरुको हुटिङ र होहल्लाका वीच प्रसाईले भने,‘भोलिदेखि विद्रोहको विरुवा रोपिन्छ । साम्यवाद कस्तो हुन्छ भन्ने म देखाइदिन्छु ।’

विहीबार राजधानीमा कार्यक्रमको घोषणा गरेका प्रसाईले पत्रकार सम्मलेनमा कार्यक्रमको स्थानबकारे भने स्पष्ट बताउन सकेनन् । उनले भने,‘बल्खुमा पनि हुन सक्छ, झापामा पनि हुन सक्छ । यसको सेड्युल आउँछ ।’

यसअघि प्रसाईले रत्नपार्कमा कार्यक्रम हुने बताएका थिए । तर, महेश बस्नेत नेतृत्वको युवा संघले तीनकुनेमा कार्यक्रम गर्ने भएपछि बल्खुमा कार्यक्रम हुन सक्ने उनले बताएका हुन् । गणतन्त्रको विरोधमा राजतन्त्र फर्काउने वकालत गर्दै आएका प्रसाईले बैंक र वित्तीय संस्थाको विरोधलाई आफ्नो रणनीति बनाएका छन् ।

प्रकाशित समय : १५:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु